मेलबर्न । क्यान्सर एक भयानक रोग हो जसले मृत्यु निम्त्याउँछ । क्यान्सर पीडित धेरैजसो मानिसहरुले रोगको अन्तिम अवस्थामा आएर रोगबारे थाहा पाउँछन् त्यतिबेलाको उपचारले निको हुने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले यहाँ क्यान्सर रोगबारे पहिल्यै सचेत गराउने केही लक्षणहरुको चर्चा गरिएको छ :

१. खकार छातिमा अड्केर बस्नु र अप्ठेरो हुनु ।

२. शरीरको तौलमा धेरै घटबढ हुनु ।

३. खोक्दा रगत आउनु ।

४. राता रक्त कोषिकाहरु घट्नु ।

५. खाना निल्न अप्ठ्यारो हुनु ।

६. स्तनमा वा स्तनको छालामा समस्या आउनु ।

७. असाधरण रुपले टाउको दुखिरहनु ।

८. शरीरमा भएको कोठीको आकार ठूलो हुनु, रंग फेरिनु ।

९. थकानको महसुस भईराख्नु वा शरीरमा शक्तिको महसुस नहुनु ।

१०. छ महिना भन्दा बढी समयसम्म शरीरमा दुखाइ महसुस हुनु ।

Comments