मेलबर्न । स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका धादिङका सन्दिप डल्लाकोटी अहिले अष्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्ट विश्वविद्यालयमा अध्ययरत छन् । उनी अष्ट्रेलिया आएको धेरै समय भएको छैन, तर पनि यहाँको परिवेशले आत्मनिर्भर बन्न सिकाईसकेको उनको अनुभव छ । यसैलाई उनी अष्ट्रेलियाको सकरात्मक पक्ष मान्छन् । प्रस्तुत छ

सन्दिपसँग हिमालयन कङ्गारुले गरेको रमाइलो कुराकानी यसपटकको स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

गजुरी, धादिङ हो ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टमा ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

आई.टिमा स्नातक गर्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

आफैले रोजेको हूँ ।

विद्यार्थी जीवन किन रमाइलो ?

थाहा नभएका धेरै कुराहरु जानकार हुन र साक्षातकार गर्न पाइने रमाइलो लाग्छ ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

मलाई त सधै रमाईलो नै लाग्छ ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

आत्मनिर्भर बन्नुपर्छ भन्ने सिकें ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

आत्मनिर्भरता यहाँको सकारात्मक पक्ष हो ।

नकरात्मक पक्ष नि ?

म यहाँ आएको धेरै भएको छैन, त्यसैले त्यस्तो अनुभव केही छैन ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा हुँदा अष्ट्रेलियाको जीवन र यहाँ आएर देख्दा धेरै फरक लाग्यो । त्यहाँ बसेर सोचेभन्दा यहाँ केही फरक र केही गार्हो छ ।

अष्ट्रेलिया आउन चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

करियर बनाउन चाहनेहरुको लागि अवसर देखें । त्यसैले आउनुस् भन्छु । त्यहाँ सोचेभन्दा केही दुख चाहिं रहेछ यहाँ ।

Comments

comments