मेलबर्न । अष्ट्रेलियामा बसाई सर्ने मानिसहरुको संख्या बढिरहेको छ । पछिल्लो समयको अध्ययन अनुसार बढ्दै गईरहेको बसाई सरि आउने क्रमले यहाँको जनसख्या ह्वात्तै बढेको छ ।

गत सेप्टेम्बर २०१६ सम्ममा अष्ट्रेलियाको जनसंख्या २४.२ मिलियन पुगेको छ । यो संख्या त्यस अघिको अध्ययन आंकडाको भन्दा ३५०,००० ले बढी हो ।

पछिल्लो ४ वर्षमा विभिन्न देशहरुबाट अष्ट्रेलिया बसाई सरि आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा न्यू साउथ वेल्समा ११ प्रतिशत र भिक्टोरियामा १३ प्रतिशत विदेशीहरुको संख्या वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी क्विन्सल्याण्डमा १९ प्रतिशतले बिदेशीहरुको संख्या बढेको देखिएको छ ।

प्राकृतिक रुपमा भन्दा बढी बिदेशीहरु भित्रिनाले अष्ट्रेलियाको जनसख्या बढेको देखिन्छ । प्राकृतिक रुपले ४५ प्रतिशत र विदेशीहरुको आगमनले ५५ प्रतिशत जनसंख्या वृद्धि भएको हो ।

Comments

comments