एजेन्सी । डेनमार्कमा वेश्यावृत्तिलाई वैध मानिएता पनि यौन व्यवसायका लागि कोठा भाडामा लिनु गैरकानुनी छ । तथ्यांकअनुसार डेनमार्कमा ४५ प्रतिशत सेक्स वर्कर्स संकटमा हुने गर्दछन् । यी संकटमा परेकाहरुको सहयोग गर्ने उद्देश्यले सेक्स व्यवसायमा माइकल लोडबर्डले नयाँ तरिका ल्याए ।

यो नयाँ तरिका अनुसार यौनकर्मीले अब पुरानो एम्बुलेन्सलाई ‘रेडलाइट’ एरिया जस्तो प्रयोग गर्न लागेका हुन् । सेक्सलेन्स भनिएको पुराना एम्बुलेन्स सेक्स वर्करका लागि सुरक्षित क्षेत्रका रुपमा प्रयोग हुने गरेको हो । सेक्स वर्करले आफ्ना ग्राहकलाई यहाँ लैजान सक्छन् ।

सुरक्षाका लागि यसका आसपास अन्य सहयोगी पनि हुन्छन् । कुनै भाडा नतिरीकन पाइने एम्बुलेन्सको बाहिर भने कुनै खतरा उत्पन्न भएमा प्रहरीलाई खबर गर्नु भनेर लेखिएको छ । नोभेम्बर २०१६ मा यसको सुरुवात भएको हो । सुरुमा ग्राहकहरुले यसलाई मन नपराएता पनि हाल आएर यो तरिकाले सबैले आकर्षित गरेको बताईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments