मेलबर्न । यदि अष्ट्रेलियामा रहँदा कुनै समस्यामा पर्नुभएको छ र कानूनी सहायताको खाँचोमा हुनुहुन्छ भने अष्ट्रेलियामा निःशुल्क कानूनी परामर्श लिने सुविधा रहेको छ । यो सुविधा अन्तर्गत ट्राफिक सम्बन्धि कानूनदेखि लिएर परिवारसँग सम्बन्धित कानूनी सल्लाह लिन सकिन्छ ।

अष्ट्रेलियामा आठ कानूनी परामर्श आयोग हुन्छन् । प्रत्येक राज्य वा क्षेत्रमा एक एक कानूनी परामर्श आयोग हुन्छन् । यहाँबाट निःशुल्क कानूनी परामर्श लिन सकिन्छ ।

यदि अदालती प्रक्रियामा जानु परेमा निःशुल्क कानूनी परामर्श साथै वकिलको पनि सहयोग मिल्छ । वकिलको सहयोगमा भने शुल्क लाग्न सक्छ । मुद्दाको प्रकार र आर्थिक स्थितिको आधारमा शुल्क लाग्छ ।

कानूनी परामर्श लिन सकिने ठाउँहरु :

-कम्युनिटी लिगल सेन्टर

-इमिग्रेसन एडभाइस एण्ड राइट्स सेन्टर

-माइग्रेन्ट रिसोर्स सेन्टर

-अष्ट्रेलियन क्यापिटल टेरिटोरी

-न्यू साउथ व्हेल्स

-नर्थन टेरिटोरी

-क्विन्सल्याण्ड

-साउथ अष्ट्रेलिया

-तस्मेनिया

-भिक्टोरिया

-वेस्टर्न अष्ट्रेलिया

अष्ट्रेलियामा रहेका धेरै सार्वजनिक पुस्तकालयमा कानूनी सूचनाहरु राखिएका हुन्छन् । ती पुस्तकालयहरुको माध्यमबाट पनि आफूलाई आवश्यक कानूनी जानकारी लिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments