काठमाडौं । विगत सात बर्ष देखि निर्माणाधिन ३० किलोमिटर भन्दा लामो सामुद्रीक पुलमा कार्यरत एक नेपाली समुद्रमा खसेर वेपत्ता भएका छन् । हङकङलाई चीनको मुख्य भुमि चुहाइ र मकाउ जोड्ने लामो सामुद्रिक पुलमा कार्यरत अर्का एक विदेशी कामदारसंगै दुई नेपाली पनि समुद्रमा खसेका थिए ।

‘खसेका तीनमध्ये एक नेपाली पौडेर निस्केको भए पनि एक नेपाली र अर्का अफ्रिकी वेपत्ता भएका हुन । खोजी कार्य भइरहेको छ । हङकङ प्रशासनले खोजी र उद्धारका लागि मोटरबोट र हेलिकप्टर परिचालन गरिरहेको छ ।  हामी पनि उनीहरुसँग घटना बारे र उद्धारको लागि पहल गरिरहेका छौ,’ हङकङ स्थित नेपाली महाबाणिज्य दूत कमलराज भट्टराईले टेलिफोनमा भने ।

खोजी कार्य जारी रहँदासम्म प्रशासनले नाम बाहिर ल्याउन चाहेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments