काठमाडौं । पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन भएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन हुनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ ।

पार्टीका ७१ केन्द्रीय सदस्यसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ । अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलता अन्त्य र मुलुकको समृद्धिका लागि पार्टी स्थापना गरिएको बताउनु भयो ।

आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उहाँले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताउनुभयो ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले पदबहालीसमेत गर्नुभयो । यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा हुनुहुन्थ्यो । पार्टी अध्यक्ष कमल थापासँगको असन्तुष्टि चुलिँदै गएपछि लोहनी पूर्व पञ्चहरु समेटेर अर्को पार्टी बनाउनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments