एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको शासनकालमा जारी गरिएको यो नीतिसँगै आधा दर्जन नीति रद्ध गरेका छन् । ओबामाको स्वच्छ उर्जा योजना पनि नयाँ आदेशसँगै रद्ध गरिएको छ । योजनामा प्यारिस सम्झौताको आधारमा अमेरिकाको सबै राज्यमा कार्बन उत्सर्जनको सीमा घटाउने व्यवस्था थियो ।

हस्ताक्षर पछि बोल्दै राष्ट्रपति ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य नीति टुङ्गो लाग्ने बताए । चुनावी अभियानका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्योग जगतले ट्रम्पको आदेशलाई स्वागत गरे पनि पर्यावरण सुरक्षा समुहले भने आलोचना गरेका छन् । उनीहरुले ट्रम्पको आदेशविरुद्ध अदालतमा रिट दायर गर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments