एजेन्सी । पोर्चुगिज सरकारले देशको सबैभन्दा सफल फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने निर्णय आजबाट कार्यान्वयनमा आउने भएको छ ।  गत साता मात्र सरकारले रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने घोषणा गरेको थियो ।

आज एक कार्यक्रमबीच यो निर्णयल् औपचारिकता पाउदै छ ।  गत वर्ष रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो पटक युरो कपको उपाधि जितेको थियो ।

सरकारले रोनाल्डो जन्मिएको ठाउँ माडेइराको आन्तरिक विमानस्थललाई रोनाल्डोको नाममा नामाकरण गर्ने निर्णय गरेको थियो । ३१ वर्षीय रोनाल्डो माडेइराको फुन्चलमा जन्मिएका थिए । उनी स्पोर्टिङ लिस्बनबाट फुटबल करिअरको सुरुवात गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए ।

हाल उनी स्पेनको रियल म्याड्रिड क्लबबाट खेल्छन् । माडेइरा विमानस्थललाई उनको नाममा नामाकरण गर्ने सरकारी निर्णयको स्थानीय केही नेताहरुले भने विरोध गरेका छन् ।  स्थानीय सरकारले यसअघि रोनाल्डो जन्मिएको ठाउँमा उनको मूर्ती पद्स्थापन गर्नुको साथै संग्रहालय पनि स्थापना गरेको थियो ।

रोनाल्डोको नाममा ठूलो मल र होटल पनि खोलिएको छ ।  अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने युरोपेली खेलाडीमा रोनाल्डोको नाम तेस्रो स्थानमा छ । उनले हालसम्म ७१ गोल गरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments