काठमाडौं । सदाबहार अभिनेता भुवन केसीले आफूलाई बेलाबखत राजदरबारबाट चिठ्ठीहरु प्राप्त भएको खुलासा गरेका छन् ।

चकलेटी नायकका रुपमा प्रशंसकहरु माझ सधैं लोकप्रिय रहँदै आएका भुवनले बुधवार प्रकाशित एक साप्तहिक ट्याबोलाइडसँग आफ्ना फ्यानहरुका बारेमा कुराकानी गर्ने क्रममा आफूलाई दरबारबाट पनि शुभकामना पत्र र चिठ्ठीहरु आएको बताएका हुन् । स्वर्गीय राजा वीरेन्द्र आफ्नो विशेष प्रशंसक रहेको स्मरण गर्दै भुवनले तत्कालीन राजाले आफ्ना चलचित्रहरु हेरिसकेपछि शुभकामना सहितको चिठ्ठी पठाउने गरेको दाबी गरेका छन् । राजा वीरेन्द्रले आफ्ना चलचित्रहरु हलमा प्रदर्शन हुनु अघि नै दरबारमा प्रिन्ट मगाएर हेर्ने गरेको पनि भुवनले खुलासा गरे ।

भुवनले वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा पनि आफ्नो जबर्जस्ती फ्यान रहेको उल्लेख गरेका छन् । राप्रपा अध्यक्ष थापाले आफ्ना सबै चलचित्र हेरेको भुवनको दाबी छ । करोडपति चलचित्र हेर्न त मन्त्री थापाले विश्वज्योति हलमा ब्ल्याकमा टिकट काटेको भुवनले ट्याबोलाइडलाई बताए । अचम्मको कुरा त त्यतिखेर पनि कमल थापा मन्त्रीकै हैसियतमा रहेको भुवनको भनाइ छ ।

भुवनले कुराकानीका क्रममा दुई दिन हेरेर आफ्ना फिल्म हेन आउने फ्यानदेखि आफ्नो लागि विवाह नै नगरि बस्ने र टेलिभिजन किनिदिनेसम्मका फ्यानहरुका बारेमा उल्लेख गरेका छन् ।

Please follow and like us:

Comments