मेलबर्न । नियमित स्वास्थ्य जाँचले स्वास्थ्य सम्बन्धि जोखिमको न्यूनीकरण गर्दछ । स्वास्थ्यप्रति सजग रहने र नियमित रुपमा दाँतको जाँच गर्न चाहनेहरुको लागि अष्ट्रेलियामा “ पब्लिक डेन्टल केयर“ को सुविधा लिन पाईन्छ ।

मोबाइल डेन्टल क्लिनिक, स्कूल डेन्टल क्लिनिक र कम्युनिटी डेन्टल क्लिनिक मार्फत उक्त सुविधा लिन सकिन्छ । सेवा दिने स्थान सम्बन्धि थप जानकारी स्टेट हेल्थ डिपार्टमेन्टको वेबसाइटमा रखिएको हुन्छ ।

हेल्थ केयर कार्ड, पेन्सन कन्सेसन कार्ड आदिको आधारमा यो सेवा लिन सकिन्छ । १८ वर्ष मूनिका बालबालिकाहरुले सरकारको चाइल्ड डेन्टल बेनिफिट सेड्युल मार्फत सेवा लिन सक्छन् । यो डेन्टल केयर सम्बन्धि सेवा लिनको लागि नियमहरु राज्य अनुसार फरक फरक हुन सक्छन् ।

सेवा शुल्क तिरेर दाँत परीक्षण गर्दा स्वास्थ्य इन्सुरेन्स भएमा बिलमा उठेको रकम केहि मिनाहा हुन्छ । सशुल्क दाँत परीक्षण गर्दा डेन्टिस्ट्री स्कूलमा गर्नाले सस्तो पर्न जान्छ ।

Comments

comments