काठमाडौं । विश्वकप २०१८ को छनौट अन्तर्गत चिली र भेनेजुएला बीच भएको खेलमा चिली विजयी भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा चिलीले भेनेजुएलालाई ३–१ ले हराएको हो ।

चिलीको जितमा एस्तेबन पारेडेसले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे । भेनेजुएलाका लागि सालोमोन रोन्डनले एक गोल फर्काए ।

जितपछि १४ खेलबाट २३ अंक जोडेको चिली चौथो स्थानमा उक्लिएको छ । चिली अर्जेन्टिनालाई पछि पार्दै चौथो स्थानमा पुगेको हो ।

बिहानै भएको खेलमा बोलिभियासँग २–० ले हारेको अर्जेन्टिनाको २२ अंक छ र उ पाँचौं स्थानमा झरेको छ । गएको शुक्रबार बिहान भएको खेलमा भने चिली अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments