काठमाडौं । चुनाव मिति नजिकिँदै आउँदा सेयर बजार पनि निरन्तर उकालो लाग्न थालेको छ ।

मंगलबार सेयर बजारमापक नेप्से ७६.७९ विन्दुले बढेर १६१०.६२ मा पुगेर रोकिएको छ । यसअघि साउन १२ गते १८८१.४५ विन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो । अहिले सोही कीर्तिमान पछ्याउँदै सेयर बजार अगाढि बढेको छ ।

मंगलबार नेप्से अत्याधिक बढेका कारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तीन पटक सर्किट ब्रेकर लगाएकै कारण दैनिक चार घन्टा कारोबार हुने सेयर बजार मंगलबार २ घन्टा मात्रै भयो ।

११ बजेदेखि खुलेको सेयर बजार २ बजेर ५८ मिनेटमा नै बन्द भयो । पहिलो पटक सर्टिक ब्रेक लर्गार १५ मिनेट र दोस्रो पटक लगाएर ३० मिनट कारोबार रोक्नुप¥यो ।

तेस्रो पटक २ बजेर ५८ मिनेटमा पाँच प्रतिशतको वृद्धिपछि फेरी सर्किट ब्रेक लगाएर कारोबार नै बन्द हुन पुगेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेलले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments