हेटौंडा । मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच फायरिङ भएको छ । पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ ।

केही भरिया भने पक्राउ परेका छन् ।

जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments