काठमाडौं । संविधानसभाको दोस्रो चुनाव बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको माओवादीले स्थानीय चुनावमा भने सहभागि हुने तयारी थालेको छ ।

नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय समितिमा समेत प्रस्ताव पेस गरेको छ ।

पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनुभएको छ ।

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पार्नुभएको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ ।

Please follow and like us:

Comments