मेलबर्न । एकपछि अर्को राम्रो नेपाली चलचित्रहरु प्रदर्शन गर्ने होडबाजीका बीचमा अष्ट्रेलियाको मेलबर्नमा चलचित्र लभ साशा आज प्रदर्शन हुँदैछ ।

नेपालमा केही समय अघि रिलिज भएको यो चलचित्र निकै रुचाइएको चलचित्र हो । विशेष गरेर युवा दर्शकहरुलाई तान्न लभ साशा सफल रह्यो । यो चलचित्रको विषय पनि दुई युवाबीचको अनौठो प्रेमकथा रहेको छ ।

कर्म शाक्य र केकी अधिकारी अभिनित लभ साशाको मेलबर्न प्रदर्शन आज स्थानीय सिनेमा नोभामा साँझ ६ः१५ बजे हुँदैछ । चलचित्र हेरिसकेपछि दर्शकहरुका लागि सोही टिकटबाटै डिनरको समेत व्यवस्था गरिएको छ । डिनर भने बिग बेल्ली रेष्टुराँमा हुने बताइएको छ ।

प्रचण्डमान श्रेष्ठ निर्देशित लभ साशाको मेलबर्न प्रदशनको व्यवस्थापन खड्का एण्ड सन्स र नेप्ले इभेन्टस्ले गरेको छ ।

Comments

comments