मेलबर्न । अष्ट्रेलियामा सम्पन्न एम फेस्टिभलको अवसरमा संकलित रकम नेपालमा सामाजिक कार्यको लागि खर्च गरिने भएको छ ।

नेपाली संगीत र खानाको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित फेष्टिबलका सहभागीहरुबाट चन्दा रकम संकलन गरिएको हो ।

कार्यक्रमका व्यवस्थापक तथा सोलाङ्चरका अगुवा राजु शाक्यले करिब ५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको बताउनुभयो । उहाँले संकलित रकम एनआरएन अष्ट्रेलियाले शुरु गरेको लाप्राक बस्ति निर्माणमा जाने उल्लेख गर्नुभयो ।

लाप्राक गोरखा जिल्लाको भूकम्प पीडित गाउँ हो । शाक्यले सहयोगी र सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

अष्ट्रेलियामा सम्पन्न एम फेस्टिभल हजारौंको सहभागितामा भव्यताका साथ सम्पन्न भएको थियो । निःशुल्क प्रवेश राखिएको कार्यक्रममा मःम र “कुटुम्ब“ ब्याण्डको संगीत प्रमुख आकर्षणको रुपमा रहेको थियो ।

Comments

comments