काठमाडौं । इमर्जिङ कपमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

बंगलादेशको शेखकमल स्टेडियममा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो । १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४ ओभर बाँकी छँदै जित हात पार्योक। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो ।

सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २२ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १६ रनको योगदान गरे ।

 

Comments

comments