काठमाडौं । बंगलादेशमा हुन लागेको इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज सोमबार नेपालले टेस्ट मान्यता प्राप्त देश पाकिस्तानको अन्डर २३ टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।  बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानको अन्डर–२३ टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली टोलीको कप्तानको जिम्मेवारी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।  यसअघि मल्ले घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए ।  नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन ।

त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिएका छन ।   वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् ।

खेल तालिकानुसार नेपाल समूह ‘बि’ मा छ ।समूह ‘बि’मा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन । प्रतियोगितामा झण्डै चार वर्षपछि हुन लागेको हो ।

यसअघि सन २०१३ मा सिङ्गापुरमा भएको थियो । यही चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments