काठमाडौं । एसियन कप छनोट फुटबल अन्तर्गत तेस्रो चरणको पहिलो खेल खेल्न नेपाली रास्ट्रीय टोली फिलिपिन्स पुगेको छ ।

राजधानी मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा नेपालले मंगलवार घरेलु टोलीको सामना गर्ने छ ।  भारतसँग पराजित हुँदै नेपाल एसियन कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

तर तेस्रो चरणकालागी छनोट भएको गुवामले आन्तरिक कारण देखाउदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछी तथा घरेलु फुटबल संघमा लागेको प्रतिबन्धका कारण कुवेतले प्रतिस्पर्धा गर्न नपाउने भएपछी एएफसीले सोलिडारिटी कपको विजेताको नाताले नेपाल छनोट खेलमा अवसर पाएको हो ।

यस्तै, एसियन  फुटबल संघले प्रतियोगितामा मकाउलाइ यो अबसर दिएको हो । यसैबिच, नेपाली टालीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले भने, ‘फिलिपिन्सको हावा पानीमा घुलमिल हुदै टोलिले प्रशिक्षण गर्ने छ ।’

यस्तै, नेपाली टोलिका कप्तान बिराज महर्जनले भने, ‘फिलिपिन्स बिरुद्धको खेलअघि २ दिन प्रशिक्षणकालागि समय भएकाले  टालीलाई स्थानिय परिवेशमा घुलमिल हुन सहज हुने छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments