मेलबर्न । स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका काठमाडौंका प्रकाश पाण्डे अहिले साउथर्न क्रस युनिभर्सिटीमा अध्ययरत छन् ।

उनको अनुभवमा अष्ट्रेलियामा मिहिनेत गर्न सक्ने विद्यार्थीका लागि करियर बनाउने राम्रो अवसर छ । अष्ट्रेलियाले आफूलाई आत्मनिर्भर बन्न सिकाएको बताउने प्रकाशसँग हिमालयन कङ्गारुले गरेको रमाइलो कुराकानी प्रस्तुत छ यसपटकको स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

काठमाडौं हो ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको साउथर्न क्रस युनिभर्सिटीमा ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

बिजनेस लिडिङ टु बिआइटिमा स्नातक गर्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

आफैले रोजेको हूँ ।

विद्यार्थी जीवन किन रमाइलो ?

नयाँ कुराहरु सिक्न पाइने भएकोले रमाइलो लाग्छ ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

मलाई कहिल्यै विद्यार्थी जीवन नरमाइलो लाग्दैन ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

पढाइसँगै कामलाई पनि सँगसँगै लैजानुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने सिकें ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

आत्मनिर्भरता यहाँको सकारात्मक पक्ष हो ।

नकरात्मक पक्ष नि ?

पैसालाई प्राथमिकता दिनु र जागिरबिना एकछिन पनि बाँच्न नसकिने जीवनशैली यहाँको नकरात्मक कुरा हुन् ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा हुँदा अष्ट्रेलियाको जीवन सजिलो, रमाईलो मात्र हुन्छ जस्तो लाग्थ्यो । यहाँ आएपछि संघर्षका पाटोहरु पनि थाहा भयो ।

अष्ट्रेलिया आउन चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

संघर्ष गर्न तयार भएर आउनुहोस । यहाँ आफ्नो करियर बनाउने राम्रो अवसर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments