काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेस्सिले नेपालमा स्वास्थ्य केन्द्र स्थापना गर्न सहयोग गरिरहेका छन् ।
उनले आफ्नो संस्था मार्फत नेपालमा १४ वटा स्वास्थ्य केन्द्र बनाउन लागेका हुन् ।

नेपालको दोलखा, काभ्रे र गोरखा जिल्लामा स्वास्थ्य केन्द्रहरु निर्माण हुँदैछन् । यस वर्षको अप्रिल महिनासम्ममा निर्माण कार्य सम्पन्न हुने बताइएको छ । भवनहरुको कार्य सम्पन्न भईसकेपछि सम्बन्धित जिल्ला स्वास्थ्य केन्द्रहरुलाई हस्तान्तरण गरिने छ ।

मेस्सिले फेसबुक मार्फत लेओ मेस्सी फाउन्डेसन र युनिसेफको कार्य नेपालमा राम्रो गतिमा गईरहेको देख्दा आफूलाई खुशी लागेको बताएका छन् । उनले तीनवटा स्वास्थ केन्द्रहरु निर्माण भईसकेको र ११ वटा निर्माण कार्य भईरहेको समेत उल्लेख गरेका छन् ।

मेस्सी सन् २०१२ देखि युनिसेफको सद्भावना दुतको रुपमा रहेका छन् । मेस्सीको क्लब बार्सिलोनाले जर्सीमा युनिसेफ चिन्ह राखी वर्षेनी २ मिलियन युरो युनिसेफलाई दिने गरेको छ ।

Comments

comments