मेलबर्न । अष्ट्रेलियामा लगभग ५० वर्ष अगाडी भएको ३ वर्षीय बालिकाको हत्या आरोपी पक्राउ परेका छन् ।

सन् १९७० मा न्यु साउथ व्हेल्सबाट चेर्य्ल ग्रिम्मर हराएकी थिइन् । चेर्य्लको परिवार त्यतिबेला बेलायतबाट अष्ट्रेलिया बसाई सरेको थियो । आमाले दाजु दिदीहरुसंग सार्वजनिक ब्लकमा नुहाउन पठाएको बेला उनि हराएकी हुन् । उनको उमेर तीन वर्षको मात्र थियो। महिलाले कपडा फेर्ने ठाउँमा छिरेकी उनी फर्केर कहिल्यै आईनन् ।

घटना घटेको वर्षौं बित्दा पनि घटनाको विवरण थाहा हुन सकेको थिएन । घटना रहस्यमयी बनिरहेको समयमा वलंगङ्ग पुलिस, गुप्तचरहरुले अघिल्लो वर्ष यो घटनाको पुन: सुक्ष्म अध्ययन र साक्षीहरुको बयान लिन थालेको थिए । प्राप्त अनुसन्धान नतिजाका आधारमा ति व्यक्तिलाई पुलिसले मेलबर्नबाट पक्राउ गरेको हो । ६३ वर्षीय उनि व्यक्ति बेलायती नागरिक हुन् । घटना घट्दा उनि मात्र १७ वर्षका भएको बताइएको छ ।

उनमाथि बालिका अपहरण र हत्याको मुद्दा चलाईएको बिबिसीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments