महानगरीय प्रहरी अपराध महाशाखाले अजय कुमार कार्की उर्फ “डार्लिङ”लाई मंगलबार  पक्राउ गरेको छ । २०७० पुष १४ गते बनस्थलीमा राधे भन्ने राधाकृष्ण भण्डारीलाई खुँडा हानी हत्या प्रयास गरेको अभियोगमा फरार रहेका अजय कुमार कार्की दिनेश अधिकारी ‘चरी’को समुहका एक सदस्य हुन्  ।
प्रहरी रेकर्ड अनुसार मकवानपुर चुरीमाई २ का ३३ बर्षीय कार्की  विभिन्न ठेकेदारलाई धम्क्याएर पैसा लिने, जग्गा ब्यापारीलाई धम्क्याउने, रेष्टुरेन्टमा धम्क्याएर सेयर लिने लगायतका अपराधमा संलग्न छन्। निज कार्की माथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ |

Comments

comments