एजेन्सी । उनलाई हिजो जस्तै लाग्छ फोहोरबाट एउटा किताब निकालेको तर जोस अल्बर्टो गट्रेजले फोहोरबाट किताब झिकेर जम्मा गर्न थालेको २० वर्ष पुगिसकेको छ ।

पेशाले फोहोर संकलकको काम गर्ने कोलम्बियाका जोसले फोहोरमा एक दिन लेओ टोल्स्तोयको किताब भेटे । उनले उक्त पुस्तक घरमा लगेर पढे । अति गरिबीका कारण स्कुल पढ्न नपाए पनि आमाले उनलाई पढाउने गर्थिन् । उनमा पुस्तक मोह र पढ्ने तिव्र चाह थियो ।

त्यो किताब पढ्दै गर्दा जोसलाई आफ्नो क्षेत्रमा बस्ने बालबालिकाहरुबारे सम्झना आयो । उनीहरु जोस जस्तै गरिबीका कारण पढाइबाट बन्चित थिए । प्रत्येक दिन उनले फोहोरहरुमा किताब खोजेर संकलन गर्न थाले । उनले बालबालिकाहरुलाई ती किताब पढ्नको लागि प्रेरित गर्न थाले । यो कार्यलाई बढाउँदै लगेर उनले बालबालिकाहरुको लागि एउटा लाइब्रेरीको स्थापना गरे ।

हाल उनको लाइब्रेरीमा २०,००० भन्दा बढी पुस्तकहरु रहेका छन् । विपिन्न वर्गका बालबालिकाहरुको लागि शिक्षाको अवसर मिलिरहेको छ । हाल जोसेफ “द लर्ड अफ द बुक्स“ को उपनामले चिनिन्छन् ।

Comments

comments