एजेन्सी । एक विश्वव्यापी अध्ययन २००० अनुसार विश्वमा मानिसको व्यायमको दर जस्ताको तस्तै छ ।
तथापि हाम्रो आराम गर्ने  समय भने ८ प्रतिशतले बढेको छ । यसबीचमा मोटोपना दोब्बर भएको छ । पहिले पहिले धेरै श्रममूलक काम हुन्थे भने अहिले धेरै कम्प्युटर जन्य तथा टेबुल वर्क बढि छन् । अहिलेको जिवनशैली र कामकाजका कारण धेरै कामकाजी मानिसको कुर्सीमै बसेर कम्प्युटर वा कागजमा घोत्लिइरहने अवधिमा बढोत्तरीभैरहेको छ । यसरी लामो समय एकै ठाउँमा बसिरहनु स्वास्थ्यका लागि भने निकै हानीकारक हुन्छ ।

विज्ञहरुका अनुसार बसिरहनु पर्नाका कारण कुर्सी मानिसहरुको शत्रु बन्दै गएको छ । विज्ञहरुको बसिरहने कामलाई नयाँ धूमपानको संज्ञा दिन थालेका छन् । किनकी यस्तो बसिरहने काम धूमपान भन्दा पनि हानिकारक हुन्छ । बिहान उठेर दौडिने वा व्यायाम गर्ने मानिसमा समेत दिउसोको लामो बसाइले धेरै शारीरिक समस्या उत्पन्न गर्ने विज्ञहरुको भनाइ छ ।
यस्तो बस्ने कामले गर्दा मानिसमा मधुमेह, मुटुरोग तथा क्यान्सर र अल्पायु निधन जस्ता जोखिम बढाउँछ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार पुरुष तथा महिला जो दिनहु ६ घण्टा वा सो भन्दा बढि लगातार बस्दछन् त्यस्ता पुरुषमा २० प्रतिशत तथा महिलामा ४० प्रतिशत बढि मृत्युको खतरा हुन्छ ।

२५ वर्ष भन्दा माथिल्लो उमेरका मानिसमा लगातार एक घण्टा भन्दा बढि बसेर टिभी हेर्दा औषतमा २२ मिनेट आयु घट्दछ । अर्थात् दिनहुँ ६ घण्टा टेलिभिजन हेर्ने मानिस टेलिभिजन नहेर्ने मानिस भन्दा ५ वर्ष छिटो मर्ने सम्भावना हुन्छ ।

उठेर काम गर्नुपर्ने जागिर गर्ने मानिसमा भन्दा बसेर काम गर्ने जागिर गर्ने मानिसमा मुटु तथा नशा रोगको जोखिम उच्च हुन्छ । लगातार बस्नुपर्दा खुट्टाका मांशेपशीमा विद्युतिय क्रिया हुन रोकिन्छ । क्यालोरी दोहन दर घट्दछ । बोसोलाई टुक्राउने इन्जाइम ९० प्रतिशत सम्म कम हुन्छ तथा कोलेस्टेरोलको मात्रा बढ्दछ, इन्सुलिन घट्न गइ मधुमेहको जोखिम बढ्दछ ।

विज्ञहरुका अनुसार बसिरहने जागिर गर्ने मानिसमा मोटोपना, डिप्रेशन, थकान, मुटु तथा नशा रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात जस्ता समस्याको जोखिम उच्च हुन्छ । त्यसैले कुर्सीमै बसेर काम गर्नुपर्ने जागिर भएपनि एकाध घण्टामा उठ्ने, जिउ तन्काउने, केही हिँड्ने र फेरि बसेर काम गर्ने गर्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments