एजेन्सी । लिभरपूलका पूर्व कप्तान तथा प्रशिक्षक रोनी मोरनको निधन भएको छ ।

सन् १९९८ मा लिभरपूलबाट अवकास पाएका मोरनको ८३ वर्षको उमेरमा निधन भएको हो । सन् १९५२ देखि सन् १९६६ सम्म लिभरपूलका लागि ३ सय ७९ खेलमा अपियर गरेका मोरन लिभरपूलका लागि सबैभन्दा लामो समयसम्म काम गर्ने कर्मचारी हुन् । मोरन केही समययता बिरामी रहेका थिए ।

मोउनका छोराले बुधबार आफ्नो पिताको निधन भएको जानकारी ट्वीट गर्दै दिए । सन् १९९२ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो । क्लबमा ५ दशक बिताउँदा मोरनले लिभरपूललाई ४४ ट्रफी दिलाएका थिए ।

Comments

comments