मेलबर्न । न्युजिल्यान्डमा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नयाँ वर्षको अवसर पारेर न्युजिल्याण्डको अकल्याण्डमा “रमाईलो साँझ २०७४“ हुन लागेको हो । कार्यक्रममा शुभकामना आदानप्रदान साथै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिनेछन् । न्युजिल्याण्ड नेपलिज एसोसिएसनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सीमान्तकृत मुसहर जातिको लागि एकीकृत बस्ति निर्माणमा जुटिरहेको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राज महर्जनले बताउनुभयो ।

आयोजकका अनुसार गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड, नेपाल न्युजिल्याण्ड फ्रेन्डशिप सोसाइटी अफ क्यान्टरबरि, न्युजिल्याण्ड नेपलिज सोसाइटी, नेपलिज एसोसिएसन इन बे अफ पलेंटी लगायत संघ संस्थाहरु र स्थानीय व्यापारिक समूहले समेत कार्यक्रमको लागि सहकार्य गरेका छन् ।

Comments

comments