काठमाडौं । नेपाली सांगीतिक समूह “कुटुम्ब“ अष्ट्रेलिया प्रस्थान गरेको छ ।

यही मार्च र अप्रिल महिनामा कुटुम्बले “अष्ट्रेलिया टुर २०१७ “ अन्तर्गत अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुती दिनेछ । नेपाली संगीतको स्वाद र माया फैलाउने आफूहरुको लक्ष्य रहेको कुटुम्बका एक सदस्यले बताए ।

कुटुम्बले आगामी मार्च २५ मा हुने “नेपाल फेस्टिभल अडेलेड २०१७“ मा आफ्नो प्रस्तुती देखाउनेछ । मेलबर्नवासीले २६ मार्चमा हुने एम फेस्टिभलमा कुटुम्बको सांगीतिक प्रस्तुतीको मज्जा लिनेछन् ।

अप्रिल १ मा पर्थ सहरमा आफ्नो प्रस्तुती दिएपछि नयाँ वर्ष २०७४ मनाउन कुटुम्ब अप्रिल १३ मा ब्रिसबेनमा हुनेछ । सिड्नीवासीले अप्रिल १५ मा “कुटुम्ब“को संगीतमा प्रत्यक्ष झुम्न पाउनेछन् ।

Comments

comments