काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाई कार्य स्थगित गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निर्णय गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत पतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुन मुद्रण गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले निर्वाचनका लागि जिल्लामा दल दर्ता गराएका थिएनन् ।

उनीहरुकै दबाबमा आयोगले छपाइ कार्य रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो ।

Comments

comments