मेलबर्न । अष्ट्रेलियामा कर समबन्धी नियम कडा बनाएसंगै बहुराष्ट्रिय कम्पनीहरु गुगल, फेसबुक लगायतले कर तिर्न थालेका छन् ।

अष्ट्रेलियन सरकारले कर तिर्न बाँकी रहेका कम्पनीहरुले दिईएको म्यादसम्म कर नतिरेमा ४० प्रतिशतको दरले पेनाल्टी कर तिर्नुपर्ने बताएको थियो । हाल ७१ वटा कम्पनीहरुमाथि कर छानबिन भईरहेको छ । यसमध्ये ५९ वटा बहुराष्ट्रिय कम्पनीहरु रहेका छन् । वार्षिक १ बिलियन अष्ट्रेलियन डलरदेखि माथि कमाई गर्ने बहुराष्ट्रिय कम्पनिहरुलाई प्राथमिकतामा राखिएको छ ।

कर सम्बन्धि नियममा कडाई संगै उठ्दै आएको करभन्दा वार्षिक २ बिलियन अष्ट्रेलियन डलर बढी कर उठ्ने देखिएको छ । २०१५ मा बहुराष्ट्रिय “एन्टी एभोईडेंस ल“ प्रस्ताव आउँदा अष्ट्रेलियामा कर नतिर्ने वा कम तिर्ने ३० बहुराष्ट्रिय कम्पनीहरु रहेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments