काठमाडौं । मन्त्रिपरिषद्कै बैठक बसेर प्रहरी महानिरीक्षकमा नियुक्तिको सिफारिस भएका नायव महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दको नियुक्ति सर्वोच्च अदालतले नै बदर गरिदिएको छ ।

अदालतले प्रहरी नियमावलीमा रहेर उपयुक्त अधिकृतलाई प्रहरी प्रमुख बनाउन भनेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरेको हो ।

फागुन १ गते बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी चन्दलाई आइजिपी बनाउने निर्णय गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments