काठमाडौं। कपिल शर्मा शोका दर्शकहरुको लागि निराशाजनक खबर सार्वजनिक भएको छ । सुनिल ग्रोभरले द कपिल शर्मा शो छोड्ने संकेत दिएका छन् । सुनिलले ट्वीटरमा कपिल शर्माको पोस्टको उत्तर मार्फत यस्तो संकेत दिएका हुन् ।

कपिलले सुनिललाई पिटेको खबर बाहिर आएपछि कपिलले ट्वीटर मार्फत माफी मागेका थिए ।

प्रतिउत्तरमा सुनिलले कपिललाई मानिसहरुप्रति आदर गर्न र आफूलाई भगवान नसम्झन अनुरोध गरेका छन् । साथै उनले कपिललाई प्रगतीको शुभकामना दिएका छन् ।

यसको उत्तरमा कपिलले सुनिललाई माया गर्ने र यो ट्वीट पछि त्यो माया अझ बढेको बताएका छन् । यसबाट उनलाई सुनिलको उत्तरले झट्का लागेको अनुमान गर्न सकिन्छ ।

कपिल शर्मा शोका फ्यानहरुले सुनिल बिना शोको रौनक नरहने भन्दै दु:ख व्यक्त गरेका छन् । सुनिलले अरु पात्रहरुको तुलनामा डाक्टर मसुर गुलाठीको रुपमा अत्यधिक मात्रामा दर्शकको मन जितीरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments