मेलबर्न । सूचना प्रविधि पछिल्लो समय विद्यार्थीहरुको लागि आकर्षणको विषय बनेको छ । अष्ट्रेलियामा सूचना प्रविधिको राम्रो पढाइ हुनुको साथै करियरको पनि राम्रो अवसर छ ।

यहाँ अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीहरुमा स्नातक तहमा पढाइ हुने सूचना प्रविधि ( आई. टि ) को बारेमा चर्चा गरिएको छ ।

पढाइ हुने विषयहरु :

कम्प्युटर सिस्टम एण्ड नेटवर्क

इन्टरप्राइज इन्फर्मेसन सिस्टम

सफ्टवेयर डिजाईन

सफ्टवेयर इन्फर्मेसन सिस्टम

युजर एक्स्पेरियन्स डिजाईन

दोहोरो डिग्री कार्यक्रम :

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र साइन्स

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र आर्ट्स

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र म्याथाम्याटिक्स

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र कमर्स

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र बिजनेस म्यानेजमेन्ट

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र इञ्जिनियरिङ्ग ( अनर्स )

इन्फर्मेसन टेक्नोलोजीमा भर्नाको लागि उच्च शैक्षिक अंक साथै आएलटिएसमा न्यूनतम ६.५ ल्याएको हुनुपर्नेछ । यो स्नातक तह ३ वर्ष अवधिको रहेको छ । एउटा प्रोग्राम अन्तर्गत ४८ युनिट पढ्नुपर्ने हुन्छ । पढाइ शुल्क विद्यार्थीले रोजेको विषय अनुसार फरक–फरक हुन्छ ।

स्नातक पूरा गरिसकेपछि विद्यार्थीहरुले “अष्ट्रेलियन कम्प्युटर सोसाइटी“ को सदस्यता प्राप्त गर्न सक्छन् । विद्यार्थीहरुले कम्प्युटर प्रोग्रामर, सफ्टवेयर कन्सल्टेन्ट, कम्प्युटर साइन्स रिसर्चर, सिस्टम डेभलपर, सिस्टम अनालिस्ट, सिस्टम आर्किटेक्ट, प्रोजेक्ट म्यानेजर, टेक्नोलोजी म्यानेजर आदि पदमा रहेर आफ्नो करियर विकास गर्न सक्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments