काठमाडौं । म्यानचेस्टर सिटी विरुद्ध फुटबल एसोसिएसनले आरोप दर्ता गरेको छ । म्यानचेस्टर सिटीमाथि आफ्ना खेलाडलाई नियन्त्रण गर्न नसकेको आरोप लागेको हो ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको शनिबार राति लिभरपुलसँगको खेलमा रेफ्रि माइकल ओलिभरले लिभरपुललाई पेनाल्टी प्रदान गरे । त्यसपछि म्यानचेस्टर सिटीका खेलाडीले रेफ्रिलाई घेरेका थिए ।

उक्त खेलमा म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकिएको थियो । एफएले जनाए अनुसार म्यानचेस्टर सिटीले आउँदो बिहीबार बेलुकासम्म आरोपका बारेमा आफ्ना सफाइ पेश गर्न सक्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments