महानगरीय अपराध अनुसन्धान महाशाखा र परिसर हनुमान ढोकाको संयुक्त टोलीले गुण्डा नाइके दावा लामालाई सोमबार साँझ बाैद्धबाट पक्राउ गरेको छ |

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले काभ्रेली समूहका गुण्डा नाइके लामा पक्राउ परेको पुष्टि गरेका हुन् । पक्राउ परेका लामा सँग  लागूऔषध समेत फेला परेको प्रहरीको दावी छ |
केही महिनाअघि ललितपुरका व्यापारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरि भागेका लामाको प्रहरीले खोजि गरिरहेको थियो  । डेढ वर्षअघि महाराजगञ्जबाट बुढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको ग्याङ्गले ११ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले बताएको छ । लामाको ग्याङ्गले अग्रवालबाट पटक-पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ ।flashnews

हनुमानढोकामा कांग्रेसका सभासद टुप्लुक्क 

दावालाई छुटाउन नेपाली कांग्रेसका सभासद तीर्थ लामा हनुमानढोका पुगेका छन् । काभ्रे घर भएका  डन लामा पक्राउ गरेपछि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद तीर्थ सोमबार साँझ नै महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार सोमबार अबेर हनुमानढोका पुगेका लामाले के अपराध थियो र किन पक्राउ गरियो भन्दै प्रहरी अधिकारीहरुलाई प्रश्न गरेका थिए । सभासद लामाले आफु दावाको विषयलाई लिएर हनुमानढोका गएको स्वीकारेका   छन् । आफु पक्राउका कारण बुझ्न मात्र गएको उनको दावी छ | यद्यपि उनले  पछिल्लो समय प्रहरीको दादागिरी बढेको र लागूऔषध हालेर मान्छेलाई फसाउने काम नहोस् भनेर सचेत गराउन आएको समेत भन्न भ्याए |

Comments