मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भारतीय मूलका व्यक्तिमाथि हमला भएको छ ।

चर्चका ४८ वर्षीय पादरी टोमी मठेवमाथि चर्च भित्रै आक्रमण भएको नाइन नेटवर्कले जनाएको छ । उनलाई गत आईतबार बिहान चर्चमा सबैको अगाडि आक्रमण गरिएको थियो ।

मठेवको घाँटीमा चक्कुले आक्रमण भएको हो । ७२ वर्षीय एक व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए । आक्रमण पछाडि धार्मिक कारण हुन सक्ने अनुमान गरिएको छ ।

आक्रमणकारी हाल पुलिस हिरासतमा छन् । मठेव अस्पतालमा उपचाररत रहेको र उनको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको बताईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments