मेलबर्न । भिडियो वा फिल्म निर्देशनमा रुची भएकाहरुका लागि खुशीको खबरसँगै सुनौलो अवसर पनि छ । आफूभित्र रहेको सिर्जनात्क अभिव्यक्तिलाई भिडियो वा फिल्मको माध्यमबाट व्यक्त गर्न चाहनेहरुलाई लक्षित गरि शर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ ।

अष्ट्रेलियन नेपाली समुदायबीच लोकप्रिय न्यूज पोर्टल हिमालयन कङ्गारुले यस्तो प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

आमाको मातृत्व र मातृ स्नेहलाई उजागार गर्ने उदेश्यले आयोजना हुने उक्त प्रतिस्पर्धामा मदर्स डे अर्थात आमाको मुख हेर्न दिनको महत्वलाई झल्काउने कुनै पनि भिडियो वा शर्ट फिल्म बनाउन सकिनेछ । तर भिडियो वा शर्ट फिल्मको लम्बई २ देखि ५ मिनेटसम्मको हुनुपर्नेछ । मोबाइल,ट्याब वा प्रोफेशनल क्यामरा जुनसुकै उपकरणबाट खिचिएका गुणस्तरीय भिडियो र शर्ट फिल्मलाई प्रतिस्पर्धामा सामेल गराइनेछ । इच्छुकहरुले आगामी अप्रिल महिनाको १५ तारिखभित्र भिडियो वा फिल्म बुझाइसक्नुपर्नेछ ।

[email protected] मा भिडियो पठाउन सकिनेछ । अन्तिम छनौटमा परेका फिल्महरुलाई एचके टेलिभिजन र हिमालयन कङ्गारु अनलाइनबाट प्रसारण गरिनेछ । सर्वोत्कृष्ट एउटा भिडियो वा फिल्मले २५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्नेछ ।

Comments

comments