म्याग्दी । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवं समाजसेवी स्व तुलबहादुर पुनको स्मृतिमा उहाँको गाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्न लागेको छ  ।

गोर्खा आन्दोलनका महानायकको रुपमा चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित बाल्यकालदेखिका महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका  छोरा अर्जुन तिलिजा पुनले बताउनुभयो । गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता महसुस गरी  उक्त संग्रालय निर्माण गर्न लागिएको हो ।

सङग्राहालय निर्माणका लागि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक १५ लाख ५० हजारमा एक रोपनी जग्गा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् । सोही जग्गामा सङग्रहालय बन्न लागेको हो ।

सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । करिब रु ४० देखि ६० लाखको निर्माण लागत अनुमान गरिएको तिलिजा पुनले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments