काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई सकिएको छ ।

रिटमाथि सरकाररी वकिलका तर्फबाट उपन्यायाधिवक्ता र अधिवक्ताले सोमबार बहस गरेपछि सुनुवाई सकिएको हो । प्रधान न्यायाधीश सुशीला कार्कीसहित, न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीकोे पूर्ण इजलासमा भएको सुनुवाईको फैसला भने मंगलबार मात्र हुनेछ ।

यो फैसलासँगै नेपाल प्रहरीको प्रमुख को हुने भन्ने विषयको टुंगो लाग्ने छ । लामो समयदेखि विभिन्न कारण रिटमाथिको सुनुवाई सर्दै आएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments