एजेन्सी । रोगका कारण मृत्युको मुखमा परेका एक बालकले मृत्यु पश्चात कफिनमा आमा संगै गाडिने इच्छा व्यक्त गरेका छन् ।

फिलिप क्वांसी हाल लेकेमिया रोगका कारण जीवनको अन्तिम अवस्थामा लन्डन हस्पिटलमा छन् । फिलिपकी आमाको क्यान्सरका कारण मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा उनि दुई वर्षको उमेरका मात्र थिए ।

आमाले स्वर्गमा आफुलाई माया र हेरविचार गर्न सक्ने भन्दै उनले कफिनमा आमा संगै सुत्न चाहेको बताएका हुन् । फिलिपका बाबुले उनको यो अन्तिम इच्छा पुर्याइदिन सक्दो प्रयास गरिरहेका छन् ।

फिलिपकी आमाको चिहान पोल्याण्डमा रहेको छ । त्यहाँसम्म पुग्न धेरै खर्च लाग्ने हुनाले उनका बाबुले आवश्यक खर्चको लागि विभिन्न माध्यमद्वारा मद्दत मागी रकम संकलन गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments