काठमाडौं । बैंकहरुले लगानीयोग्य पुँजी अभाव देखिएको भन्दै कर्जाको ब्याजदर उच्च बनाएका छन् ।

केही महिनाअघिसम्म ६/७ प्रतिशतसम्ममा सजिलै उपलब्ध गराउँदै आएको कर्जाको ब्याजदर छोटो समयमा १२ प्रतिशतसम्म पु¥याइएको छ ।  यसको सीधा मारमा भने साधारण ‘निक्षेपकर्ता’ र ऋणी (व्यवसायी) परेका छन् ।

बैंक र व्यवसाय दुवै सञ्चालन गरिरहेकालाई भने कर्जाको ब्याजदर बढ्दा खासै चिन्ता छैन । किनकि, ऋणमा ब्याज बढ्दा उनीहरुलाई बैंकबाट उच्च नाफा हुन्छ, ब्याजदर न्यून हुह्दा व्यवसायबाट ।

त्यसैले व्याजदर बढाउँदा पनि अधिकांश व्यवसायीले आवाज उठाएका छैनन् ।  नागरिक दैनिकमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments