मेलबर्न । “अस्सी फुड“ को बारेमा गरिएको एउटा सर्वेक्षणमा अष्ट्रेलियामा बार्बिक्यूले सबै भन्दा लोकप्रिय खानाको स्थान पाएको छ ।

सामजिक संजाल मार्फत “अस्सी फूड“ को बारेमा मानिसहरुको धारणा र रोजाई लिईएको थियो । बार्बिक्यूपछि बर्गरको पनि अष्ट्रेलियामा लोकप्रियता पाईएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा २०१४ मा भएको जी २० सम्मेलनमा सहभागी विश्वका २० शक्तिशाली नेताहरुलाई प्रधानमन्त्रीले खानामा बार्बिक्यू मार्फत आतित्यथा दर्शाउनुभएको थियो । यसले अष्ट्रेलियामा बार्बिक्यूको स्थान र लोकप्रियतालाई थप पुष्टि गर्दछ ।

अष्ट्रेलियामा हुने विभिन्न पार्टी,पिकनिक आदिमा समेत बार्बिक्यू अनिवार्य जस्तै मानिन्छ । यस्तै भोक लाग्ने वित्तिकै खाजामा बर्गरलाई रोज्ने अष्ट्रेलियनहरुको संख्या बढी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments