काठमाडौं । राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा मान्छेमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो ।

गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको समाचार आएको थियो । सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए ।

अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments