मेलबर्न । अष्ट्रेलियाको बेल्मोरमा एक नेपाली युवाले मादक पदार्थ सेवन गरि गाडी चलाउँदा दुर्घटना निम्त्याएका छन् ।

श्रीमतीलाई कामबाट लिएर आउने क्रममा २९ वर्षीय सुमन रेग्मीले गाडीमाथि कन्ट्रोल गुमाएका हुन् । उनको गाडीले ५ वर्षीय बालिकालाई ठक्कर दिएको छ । रेग्मीले अत्यधिक मादक पदार्थ सेवन गरि गाडी चलाउँदा घटना घटेको हो । बालिका घाइते भएको र ठूलो दुर्घटनाबाट बाँचेको बालिकाका बाबुले बताएका छन् ।

उनका अनुसार दुर्घटनापछि सुमनले आफू अन्तर्राष्ट्रिय विद्यार्थी भएको, यस्तो घटना पहिलो पटक गल्तिले भएको भन्दै पुलिस नबोलाउन अनुरोध गरेका थिए । सुमनको लाइसेन्स निलम्बन गरिएको छ भने मुद्दा अदालतीय प्रक्रियामा गएको छ ।

सञ्चार माध्यमहरुसँग बोल्दै सुमनकी श्रीमती श्रद्धा घिमिरेले आफूलाई श्रीमानले मादक पदार्थ सेवन गरेको गाडीको कन्ट्रोल गुमाउँदा मात्र थाहा भएको बताएकी छिन् । उनको यो प्रतिक्रियाको सामजिक संजालमा नेपाली र विदेशीहरुबाट समेत व्यापक आलोचना भईरहेको छ । उनीहरुले घिमिरिले यस्तो प्रतिक्रिया दिनुको साटो माफी माग्नुपथ्र्याे भन्ने राय प्रकट गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments