मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीहरुले काम खोज्दा आफ्नो भिसा सुविधा र प्रकारबारे प्रष्ट हुनुपर्छ ।

भिसामा काम गर्ने अनुमति हुनुपर्छ । धेरै जसो कलेज तथा युनिभर्सिटीहरुले पार्ट टाइम जागिरको लागि सहयोग गर्छन् । आफूले पढ्ने युनिभर्सिटी र कलेजमा त्यो सुविधा छ कि छैन सोधपुछ गर्नुपर्छ ।

धेरैजसो विद्यार्थीहरुले सम्बन्धको आधारमा छिटो काम पाउँछन् । त्यसैले सम्बन्ध विस्तार गर्नुपर्छ । आफ्नो साथी सर्कलमा जागिर खोजिरहेको बारे जानकारी गराउनुपर्छ । इन्टरनेटमा हुने जागिर सम्बन्धि वेबसाइटहरुबाट पनि काम खोज्न सकिन्छ ।

हस्पिटालिटी, सुचना प्रविधि र स्वास्थ्य क्षेत्रमा जागिर खोज्ने तरिका बारे यहाँ चर्चा गरिएको छ :

हस्पिटालिटी क्षेत्र :

हस्पिटालिटी अन्तर्गत रेष्टुराँ, होटल, क्याफे आदि पर्दछन् । यस क्षेत्रमा काम गर्नको लागि आफ्नो रिजुम लिएर प्रत्यक्ष रुपमा म्यानेजर वा मालिकसंग कुरा गर्न सकिन्छ । उनीहरुले ट्रायल मार्फत जागिर दिने निर्णय गर्ने बताउन सक्छन् । अष्ट्रेलियाको कानून अनुसार ट्रायलमा पनि उनीहरुले काम अनुसारको पैसा दिनुपर्ने हुन्छ । यदि कामदारको आवश्यकता नरहेको बताउँछन् भने आफ्नो रिजुम त्यहि छोडिराख्नु पर्छ । पछि कामदार चाहिएको खण्डमा उनीहरुले सम्पर्क गर्न सक्छन् ।

सूचना प्रविधि क्षेत्र :

सूचना प्रविधि क्षेत्रमा जागिरको लागि विभिन्न एजेन्सीहरुसंग सम्पर्क गर्न सकिन्छ । इन्टरनेटको माध्यमबाट ती एजेन्सीहरुसम्म पुग्न सकिन्छ ।

स्वास्थ्य क्षेत्र :

स्वास्थ्य क्षेत्रमा विशेष गरि विज्ञापनद्वारा रिक्त पदबारे जानकारी लिन सकिन्छ । विभिन्न एजेन्सीहरुले विज्ञापन गरिरहेका हुन्छन् । एक भन्दा बढी एजेन्सीहरुसँग सम्पर्कमा रहनाले कुनै एकबाट जागिरको अवसर पाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments