मेलबर्न । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले राज्यस्तरीय कमिटी गठन गरि कार्य क्षेत्र  विस्तार गरेको छ ।

मञ्चले अष्ट्रेलियाली राजधानी आसपास तथा पश्चिमी अष्ट्रेलियामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । प्रवासी नेपाली मञ्चका सदस्यहरु, सहयोगीहरु तथा शुभेच्छुकहरुको १२ मार्चमा क्यानबेरामा आयोजित भेलाले सर्वसम्मतिमा  १५ सदस्यीय कार्यकारी समिति गठन गरेको हो ।

प्रवासी नेपाली मञ्च कार्यकारी समिति नाम दिइएको सो विस्तारित संस्थाको अध्यक्ष नविन पौडेल चुनिएका छन् । यस्तै उपाध्यक्षमा दिनेश भट्टराई, मोहन लामा सचिव, रामकृष्ण कार्की उपसचिव तथा दीपक दमासे कोषाध्यक्ष चुनिएका छन्् । अन्य सदस्यहरुमा द्रोण खरेल, कुमार खड्का, शान्ति पौडेल, मोहन अर्याल, उमेश थपलिया, मन्जिल दाहाल, सुजन भट्टराई, प्रविन भट्टराई, प्रदिप घिमिरे र सुवास सापकोटा रहेका छन् । भेलाले नरेश थापालाई सल्लाहकार चुनेको छ ।

यसअघि ५ मार्चमा पर्थमा जम्मा भएको सोही भेलाले पश्चिमी अष्ट्रेलियाको लागि अग्नी भण्डारीको नेतृत्वमा ७ सदस्यीय राज्यस्तरीय कमिटी गठन गरेको थियो । भेलाले किशोर कुँवरलाई सचिव, विरेन्द्र उदासलाई कोषाध्यक्ष तथा राज चौधरी, कमल न्यौपाने, मधु पन्थी र यम के.सीलाई सदस्यहरु चुनेको छ ।

यी दुई कमिटीको गठनसँगै अब अष्ट्रेलियाको तस्मानिया बाहेकका सबै राज्यहरुमा प्रवासी नेपाली मञ्चको कार्यसमिति विस्तार भएको ब्रिस्बेनमा रहेका रमेश पौडेलले जानकारी दिए । रमेश पौडेल प्रवासी मञ्चका संचार संयोजक हुन् ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको मुख्य उद्धेश्य अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि विभिन्न सामाजिक कार्यक्रम गर्नु तथा नेपालको पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रम गर्नु रहेको छ । अष्ट्रेलियामा रहेका इच्छुक नेपाली समुदायसँगको सहकार्यमा राष्ट्रिय तथा राज्यस्तरीय कमिटीहरुले यस्ता कार्यहरु गर्दै आएको मञ्चका प्रमुख सल्लाहाकार डा. जगदिश तिमसिनाले बताए । यस्तै नेपालमा आवश्यकतामा रहेकाहरुका लागि आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रमहरु गर्ने तथा कार्यशाला, गोष्ठी जस्ता विभिन्न बौद्धिक कार्यक्रमहरु संचालन गर्ने मञ्चको प्रमुख उद्धेश्य रहेको पनि उनले बताए ।

मञ्चले २०७२ को विनाशकारी भूकम्पका समयमा पीडितहरुका लागि आर्थिक सहयोग जुटाएको थियो । यस्तै डा. तिम्सिनाले नेपालको पर्यटन प्रर्वद्धनका लागि हालसालै सिड्नी, मेलबर्न र ब्रिसबेनमा नेपाल फेस्टिभल पनि आयोजना गरेको थियो ।

Comments

comments