सोल । दक्षिण कोरियाको राजधानी सोलमा “ विश्व शान्ति स्थापना तथा युद्ध समाप्तिको पहिलो वार्षिक स्मृति“ समारोह सम्पन्न भएको छ ।

मार्च १४ मा आयोजित कार्यक्रममा विश्वका शान्तिप्रेमी नेता,धर्म गुरु र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गत वर्ष कोरिया लगायत विश्वका विभिन्न देशहरुबाट मन्त्रि, कानून विज्ञ, संचारकर्मी, युवा, महिला गरि एक हजार जना भन्दा बढीको सहभागितामा “शान्ति स्थापना तथा युद्ध समाप्ति“ कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमले अन्तर्राष्ट्रिय कानून विकास, युद्ध रहित विश्वको स्थापनामा महत्वपूर्ण भूमिका खेल्यो ।

यस कार्यक्रमको निरन्तरताले विश्वका मानिसहरुलाई एकीकृत गर्दै विश्व शान्तिको लागि सकारात्मक वातावरण निर्माण गर्ने आयोजक “हेबेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाइट (इन्टरनेश्नल)“ ले जनाएको छ ।

उक्त स्मृति कार्यक्रममा विभिन्न राजनीतिक, युवा वर्ग, धार्मिक र सांस्कृतिक क्षेत्र गरि अठार हजार जनाको सहभागिता रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments