भारत । कमेडियन कपिल शर्माले ट्विटरमार्फत प्रेमिकाको तस्बिर सार्वजनिक गरेका छन् ।

ट्विटरमा प्रेमिकासहितको तस्बिर राख्दै उनले फ्यानसँग भनेका छन्, ‘म यो त भन्दिनँ कि यिनी मेरी पत्नी हुन् । यिनीले मलाइ पूरा गर्छिन् । गिन्नी, म तिमीलाई माया गर्छु । यिनीलाई स्वागत गर्नुहोस् । म यिनीलाई धेरै प्रेम गर्छु ।’

गिन्नी जालन्धर कपिलकी कलेजदेखिकै साथी पनि हुन् । कमेडी शोमार्फत चर्चा कमाएका कपिलले कलाकारितामा छुट्टै पहिचान बनाएका छन् । उसो त बेलाबेला उनको विवाहलाई लिएर शोमा पनि प्रश्न नउठेको होइन । तर उनले यस विषयलाई टार्दै आएका थिए ।

ट्विटरमार्फत कपिलले प्रेमिकाको तस्बिर शेयर गरेसँगै उनका फ्यानहरु पनि चर्चापरिचर्चामा जुटेका छन् । यो भन्दा पहिले कपिलको नाम उनले सञ्चालन गर्दै आइरहेको शोकी क्रिएटिभ डाइरेक्टरसँग जोडिएको थियो । तर यस विषयमा कपिलले कहिल्यै चासो देखाएनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments