भक्तपुर । सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले एनसेललाई करमा छुट दिने विषयमा कुनै निर्णय नभएको बताउनु भएको छ । उहाँले मन्त्रिपरिषद्मा निर्णय नै गरेर एनसेललाई कर छुट दिइएको प्रसंग गलत रहेको उल्लेख गर्नु भयो ।

भक्तपुरमा आयोजित अन्तरक्रियामा मन्त्री कार्कीले भन्नुभयो, एनसेललाई कर छुट दिने विषयमा मन्त्रिपरिषद्मा कुनै निर्णय भएको छैन । उहाँले एमाले र मधेसवादी दलसमेत सरकारमा आए संविधान कार्यान्वयन सहज हुने भएकाले एमालेलाई सरकारमा आउन आग्रह गर्नुभयो ।

सरकारले निर्वाचनको वातावरण बनाउन असन्तुष्ट दल र पक्षसँग निरन्तर वार्ता गरिरहेको बताउँदै सञ्चारमन्त्री कार्कीले वार्ता सफल भएपछि देशमा निर्वाचनको माहोल थप उत्साहजनक हुने उल्लेख गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments